अब लुम्बिनीमा रगत नि:शुल्क पाइने

बुटवल- सरकारी अस्पतालमा सेवा लिने बिरामीहरूका लागि अब रगत सम्बन्धी सबै सेवा नि:शुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुने गरी प्रदेश सरकारले बिरामीका लागि रगतमा लाग्ने सबै शुल्क नि:शुल्क गरेको हो ।
साे विषयमा लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसञ्चार केन्द्रका बीच सहमति भएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसञ्चार केन्द्रले कुनै पनि सेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो । लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट रगतमा लाग्ने सेवा शुल्क सरकारले दिने रक्तसञ्चार केन्द्र बुटवलका संयोजक तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनीले बताए ।
उनले प्रदेशभरि वार्षिक ६० हजार रगत संकलन र व्यवस्थापन रेडक्रसमार्फत भैरहेको भन्दै अब सरकारी अस्पतालमा रगतका लागि लाग्ने सेवा शुल्क पनि सरकारले दिने भएपछि लुम्बिनीमा रगत पुर्णरुपमा निशुल्क भएको उल्लेख गरे । अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक पर्ने भए चिकित्सकहरूको सिफारिसमा रक्तसञ्चार केन्द्रले पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ढकालले बताए ।
यसअघि रगतका लागि आवश्यक पर्ने कवर, ग्रुपिङ, स्टोर म्यापिङलगायत गरी ८ सय रुपैयाँसम्म शुल्क लाग्ने गर्दथ्यो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया