थप २६० जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा मंगलबार थप २६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।
त्यस्तै थप ११३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कसैको ज्यान गएको छैन ।
नेपालमा हालसम्म तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १९ सय ७९ जना आइशोलेशन र ६९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ९४ हजार ६७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया