बूढीगण्डकीको जग्गामा जग्गा धनीकै रझाइँ
महालेखाले भन्यो : उचित संरक्षण गरी उपयोग गर्नू

काठमाडौँ- लगानीको टुंगो नलागेको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकीमा हालसम्म ४८ हजार ७ सय ८४ रोपनी जग्गा अधिग्रहण भएको छ । यसको स्वामित्व आयोजनाको नाममा आए पनि जग्गाधनीले नै भोगचलन गर्दै आएका छन् ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार जग्गा अधिग्रहणका लागि हालसम्म ३३ अर्ब ८८ करोड ८३ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको छ । ‘जग्गाको स्वामित्व आयोजनाको नाममा आए पनि जग्गा धनीले नै भोगचलन गरिरहेकाले अधिग्रहण गरेको जग्गाको उचित संरक्षण गरी आयोजनाको उपयोगमा ल्याउनुपर्छ,’ प्रतिवेदनमा छ ।
१२ सय मेगावाटको पूर्ण जलाशययुक्त बूढीगण्डकीका लागि कूल ५८ हजार एक सय ५३ रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य छ । कूल जग्गामध्ये गोरखामा ३० हजार ७८ र धादिङमा २८ हजार ७५ रोपनी र्छ । महालेखाले हालसम्मको मुआबजा वितरण प्रगति ८३.८९ प्रतिशत रहेको जनाएको छ । ६३ वर्ग किलोमिटरको जलाशय बन्ने बूढीगण्डकीमा २६३ मिटर अग्लो बाँध बनाउने लक्ष्य छ ।
सरकारले २०६८ साल मंसिर १८ गते आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्तिका लागि रोक्का राख्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विकास समिति गठन गरी बूढीगण्डकीको विस्तृत अध्ययन गराएका थिए । २०७४ मा सरकारले उक्त समिति विघटन गरी ऊर्जा मन्त्रलयको मातहतमा राखेको थियो । बूढीगण्डकीको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ गठन गरी मुआब्जा वितरण गर्दै आएको थियो ।
यो इकाइको सुरु म्याद २ वर्ष रहेकामा प्रत्येक वर्ष म्याद थप हुँदै आएको छ । सरकारको निर्णयअनुसार आगामी कात्तिक १० गतेसम्म म्याद थप गरेको छ । तर महालेखाले हालसम्मको कार्यप्रगतिको आधारमा उक्त अवधिमा कार्य सम्पन्न हुने अवस्था नरहेको जनाएको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया