नागरिकता विधेयकले पितृसत्तात्मक मानसिकतालाई स्थापित गर्ने प्रयत्न गरेको छ : सांसद भट्टराई
काठमाडौँ–नेकपा एमालेकी सांसद् विद्या भट्टराईले सरकारले ल्याएको विधेयकले पितृसत्तात्मक मानसिकतालाई स्थापित गर्ने प्रयत्न गरेको टिप्पणी गरेकी छिन् । उनले शुक्रबार संसद्मा जारी नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै यस्तो टिप्पणी गरेकी हुन् ।
‘हाम्रो संविधानले पितृत्व र मातृत्वलाई एकै प्रकारले व्याख्या गरेको छ,’ उनले भनिन्, ‘तर, अहिले आएको नागरिकता विधेयकले पितृसत्तात्मक स्रोत र मानसिकतालाई पनि फेरि एकपटक स्थापित गर्ने प्रयत्न गरेको छ ।’
सरकारले ल्याएको विधेयकबारे थुप्रै विषयमा उनी असहमत रहेको बताइन् । ‘विधेयकमा मेरा केही असहमति छन्,’ उनले भनिन्, ‘पहिलो कुरा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने कुरालाई हाम्रो संविधानको धारा ११ वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था छ । त्यसमा संघीय कानुन अनुसार हुने छ भनिएको कुरालाई यस विधेयकमा स्पष्ट रुपमा आएको छैन् । यसलाई फेरि हामीले हेर्नुपर्छ ।’
यस्तै उनले वंशीय आधार र लैङ्गिक पहिचानको विषयमा पनि विधेयकले स्पष्ट नपारेको बताइन् । ‘दोस्रो कुरा खासगरी वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकताको जुन सवाल छ,’ उनले भनिन्, ‘यो संविधानको धारा १२ मा छ । यसमा पनि स्पष्ट रुपमा आएको छैन । यसले पनि केही प्रश्नहरू खडा गरेको छ ।’
उनले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी नागरिकको हकमा पारस्परिक समानता र अन्तर्राष्ट्रिय प्रचलनको मान्यतालाई नस्वीकारेको भन्दै प्रश्न उठाइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया