‘ब्ल्याक विडो’ ट्रेलरले राख्यो नयाँ रेकर्ड

लसएन्जल्स : स्कारलेट जोन्सनको अभिनय रहेको ‘ब्ल्याक विडो’ ट्रेलरले २४ घन्टामा सबैभन्दा बढी हेरिने ट्रेलरको कीर्तिमान कायम गरेको छ । दुई दिन अघि युट्यबुमा सार्वजनिक ‘ब्ल्याक विडो’को तेस्रो ट्रेलरले ७ करोड दर्शक पाएको हो ।
यसअघि सबैभन्दा बढी हेरिने ट्रेलरले पहिलो दिन ६ करोड हाराहारी दर्शक पाएको थियो । ‘ब्ल्याक विडो’ ट्रेलरले ‘ब्ल्याक प्यान्थर’ र ‘आन्टमेन एन्ड दि आस्प’, ‘वान्डाभिजन’, ‘लोकी’ आदि फिल्मका ट्रेलरलाई जितेको हो । उनीहरूले क्रमशः पहिलो दिन ४ करोड, ५ करोड र साढे ५ करोड दर्शक पाएका थिए ।
ट्रेलरप्रति दर्शकको यति बिघ्न रुचिलाई धेरैले यो फिल्मको प्रतीक्षाको संकेतका रुपमा अथ्र्याएका छन् । हलिउडमा ‘टेनेट’लाई छाडेर कुनै पनि ठूलो लगानीका फिल्म रिलिज भएका छैनन् ।
‘क्याप्टेन अमेरिका’को चरित्र नताशा रोमानफको नयाँ यात्रामा आधारित फिल्मले नताशाको विगत र उनको रहस्यका बारेमा जानकारी दिनेछ । केट सर्टल्यान्डको निर्देशन रहेको फिल्ममा फ्लोरेन्स पु पनि महत्वपूर्ण भूमिकामा छिन् । यो फिल्म डिज्नीसँगै हलमा जुलाई ९ मा प्रदर्शन हुनेछ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया