सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ- उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेको छ ।

आज दिउँसो १ बजे बस्ने संसद्‌ बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने सरकारको तयारी छ । बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको छ ।

बैठकमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बसेर उक्त विधेयक पारित गर्ने तयारी सरकारको छ ।