आईजिपी विवाद : अन्तिम फैसला आजै आउन सक्ने

काठमाडौँ- नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । निवेदकतर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आजै नै फैसला आउन सक्नेछ ।
का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा यो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो ।
आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलतर्फबाट बहस गरेका कानुन व्यवसायी ललित बस्नेतले इकागजसँग भने 'आज जवाफी बहस सकिन्छ । सम्भवत आज फैसला आउन सक्छ ।'
सरकारले धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया