कानुन मन्त्रीले पनि पाए वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ ले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन् । मन्त्री बनेको तीन महिनामा उनले 'वरिष्ठ अधिवक्ता'को उपाधि प्राप्त गरेका हुन् ।
सर्वोच्च अदालतको असार २९ गतेको पूर्ण बैठकबाट नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका हुन् ।
वरिष्ठ अधिवक्ताको सूचीमा मन्त्री बन्दीको नाम ७६ औँ नम्बरमा छ । उनको प्रमाणपत्र नम्बर ३९५५ र २०५० सालमा जारी भएको हो । सर्वोच्च अदालतले उनीसहित बिहीबार १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको सार्वजनिक गरेको थियो ।
बन्दी गत चैत २४ गते मन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया