कालीकोट पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

मान्म - कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका नौवटा पालिकाका ८२ वटै वडामा सबै नागरिकले सबै खोप पाएका कारण पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । नियमित पाउनुपर्ने सबै खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।
“कर्णाली प्रदेशको तेस्रो जिल्लाका रूपमा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ”, उनले भने, “यो जिल्लाका लागि गौरवको विषय हो ।”
प्रत्येक वर्ष खोप पाउने उमेर समूहका बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चिततासँगै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको महतले बताए । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको महतको भनाइ थियो ।
बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजीतबहादुर शाहीले बताए । रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया