सामाजिक सञ्जाल चलाउँदा सचेत हुन साउदीस्थित नेपाली दूतावासकाे आग्रह
ध्यान नपुग्दा जेल र जरिवाना

काठमाडौँ : साउदी अरबस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल चलाउँदा निकै सचेत हुन नेपाली समुदायलाई आग्रह गरेको छ । त्यसो त, दूतावासले पटक-पटक यसप्रकारकाे सूचना जारी गर्दै आएको छ । ‘साइबर अपराधमा सावधानी अपनाउन आवश्यक छ,’ दूतावासले आफ्नो 'वेब पाेर्टल' र 'फेसबुक' पेजमा सूचना जारी गर्दै भनेको छ, ‘साउदी सरकारका साइबर अपराधसम्बन्धी नियमको हामी सबैले पालना गर्नुपर्छ ।’
राजदूत महेन्द्र पी. सिंहले वैदेशिक रोजगारी वा अन्य विविध कामका लागि साउदी आइपुगेका नेपालीले साउदीका अन्य कानुन जस्तै साइबर कानुनलाई पनि उल्लंघन गर्न नहुने उल्लेख गरेका छन् । साउदीमा साइबार अपराध बढेपछि सावधानी अपनाउन नजान्दा नेपालीहरू साइबर मुद्दामा परेकाले सचेत रहन राजदूतले सामाजिक सञ्जालमार्फत् आग्रह गरेका हुन ।
राजदूत सिंहका अनुसार आफ्ना मोबाइल फोन, म्यासेन्जर, ह्वाट्सएप र भाइबरलगायतबाट अपरिचित व्यक्तिसँग अनावश्यक कुराकानी वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुनेगरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेन्ट गरेमा साइबर अपराधअन्तर्गत मुद्दा लाग्न सक्छ ।
‘साउदीमा साइबर अपराधअन्तर्गत ५ वर्षको जेल वा ३० लाख रियाल जरिवाना अर्थात् दुवै कारबाही हुनसक्छ,’ सूचनामा उल्लेख छ, ‘साउदीमा मदिराजन्य पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानुनी हो ।’
कसैको उक्साहटमा लागेर वा स्वयं कम्पनीको काममा बाधा पुर्याउने, उत्तेजना फैलाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनैतिक सभा, सम्मेलन, गोष्ठी गर्नु पूर्ण गैरकानुनी कार्य हुनाले सचेत रहन दूतावासले आग्रह गरेको छ । यस्ता कानुनको उल्लंघन गरेमा ठूलो सजायसमेत हुनसक्ने भएकाले यस्ता कार्यहरू नगर्न दूतावासले नेपालीहरूलाई भनेको छ ।
नेपाल जाने र फर्कने क्रममा साउदी सरकारले बहुमुल्य धातुका समान ल्याउने/लैजाने गर्दा ध्यान दिनसमेत आग्रह गरेको छ । सूचनामा दूतावासले स्थानीय कानुन, ट्राफिक नियम र अनुशासनको पालना, बाटो काट्दा तोकिएको स्थान वा संकेत भएको ठाउँबाट मात्र काट्ने, पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्ज र विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम नछोड्न पनि अनुरोध गरेको छ ।
त्यसैगरी एउटा कम्पनीसँगको करार समाप्त भई अर्को कम्पनीसँग करार गर्न साउदी सरकारले उपलब्ध गराएका 'एप' तथा 'पोर्टल' प्रयोग गर्न पनि दूतावासले सुझाएको छ । आफ्नो परिचय रहेको कुनै पनि सामाग्रीको फोटोकपीसमेत अरूलाई नदिन र हुण्डी, हबाला वा अन्य कुनै पनि गैरकानुनी माध्यमबाट रकमको कारोबार नगरी बैंकिङ माध्यमबाट पठाउन आग्रह गरेको छ।
खाडी क्षेत्रमा धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्न र आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप कोठाभित्र मात्र सीमित गर्न दूतावासले सूचनामार्माफत आग्रह गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया