सनराइज बैंकले गर्यो विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ- सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले एक कार्यक्रमकाबीच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जन जागृति माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिएका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीको उपस्थितिमा सहयोग सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट समेत सहभागिता थियो । लम्कीमा बैंकको शाखा स्थापना भएसँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गदै आएको छ ।
पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिदैं सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया