नास्टले परिणाम देखिने गरी काम गर्नुपर्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा बौल्दै मन्त्री पौडेलले विश्वविद्यालयसँग सहकार्य गरी काम गर्नुपर्ने बताए ।
उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताए ।
उनले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवर्द्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पुर्याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गरे ।
पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवर्द्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पुर्याएको योगदान स्मरणयोग्य भएको पनि उल्लेख गरे।
सभामा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्न सातवटै प्रदेशमा विशिष्टर्कत अनुसन्धान केन्द्र राख्ने निर्णय समेत भएको छ । प्रदेश १ को विराटनगर, मदेश प्रदेश बर्दिवास, बागमती प्रदेश रामपुर, चितवन, गण्डकी प्रदेश पोखरा, लुम्बिनी प्रदेश दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूपश्चिम प्रदेशको महेन्द्रनगर राख्ने प्रस्ताव गरिएको थियो ।
सभामा नेपाल सरकारबाट आर्थिक वर्ष २०७९। ८० का लागि छुटिएको २० लाख बजेट पुर्याउने र थप बजेटका लागि सरकारसँग पहल गर्ने निर्णय समेत भएको छ । सभाले प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना एवम् सञ्चालनका लागि केन्द्रीय र व्यवस्थापन समिति गठन गरेको छ ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया