भारतका महंगा निर्देशक : एउटा फिल्मको को, कति लिन्छन ?

मुम्बई : भारतमा महंगाईको कुरा हुँदा हिरोको कुरा हुन्छ । फलानो हिरोले यति लियो, चिलानोले यति लियो । त्यसपछि पालो आउँछ हिरोइनको । उनीहरूले लिने पारिश्रमिकको पनि बेलाबखत चर्चा हुन्छ । जस्तो ‘पद्यावत’मा दीपिका पादुकोनले शाहिद कपुर र रनवीर सिंहले भन्दा ज्यादा पैसा पाएको कुरा बलिउडमा ठूलै इस्यु बनेको थियो ।
तर, जसले उनीहरूलाई यति धेरै पैसा लिने बनाए, उनीहरूले पाउने पैसाको खासै कुरा हुन्न । अर्थात् फिल्म निर्देशक जो कलाकारलाई कहाँबाट कहाँ पुर्याउँछन्, उनीहरूले लिने मूल्य खासै समाचार बन्दैन ।
तर, भारतमा केही यस्ता निर्देशक छन् जो कलाकारले भन्दा कम पैसा लिँदैनन् । भारतको कोईमोई डटकमले यस्तै निर्देशकको सूची छापेको छ । कोईमोईका अनुसार सबैभन्दा धेरै पारिश्रमिक लिनेमा एसएस राजामौली पहिलो नम्बरमा छन् भने रोहित सेठ्ठी दोस्रो नम्बरमा । हेरौं बाँकी तीनमा को को छन् ?
५. मणिरत्नम
भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने निर्देशकको सूचीमा मणिरत्नम ५ औं स्थानमा पर्छन् । मूलत ः तमिलमा फिल्म बनाउने मणिरत्नमले हिन्दीमा पनि कालजयी फिल्म बनाएका छन् । मद्रास टाकिजबाट आफैं फिल्म पनि बनाउने मणिरत्नमले एउटा फिल्म निर्देशन गरेवापत ९ करोड भारु लिन्छन् ।
४. राजकुमार हिरानी
मनोरञ्जनसँगै सन्देश पनि दिने निर्देशकमा राजकुमार हिरानी भारतका सर्वश्रेष्ठ निर्देशक मानिन्छन् । उनले एउटै फिल्ममा दर्शक रुवाउँछन्, हसाउँछन् र ताली पिट्न पनि बाध्य बनाउँछन् । पछिल्ला दुई फिल्म ‘पिके’ र ‘सन्जु’मा धेरथोर विवाद खेपेका उनका सबै फिल्म सफल छन् । पारिश्रमिककै कुरा गर्दा उनले १४–१५ करोड भारतीय रुपैंया लिने गरेका छन् ।
४. करण जौहर
करण जौहर पछिल्लो समयका सबैभन्दा विवादित निर्देशक हुन् । उनलाई बलिउडमा नातावाद उमार्न र फैलाउन मद्धत गरेको आरोप छ । त्यसका बावजुद पनि करण भारतका महंगा निर्देशक भित्र पर्छन् । धर्मा प्रोडक्सनका मालिक करणले आफैंले बनाएका फिल्मबाट पनि १४–१५ करोड भारतीय रुपैंया लिने गरेका छन् ।
३. एआर मुरगादोस
उनको नाममा दुई बलिउड हिट छन्, ‘गजनी’ र ‘होलिडे’ । तर, मुरगादोसले तमिल र तेलगु भाषामा धेरै फिल्म बनाएका छन् । उनले एउटा फिल्मबाट १६ करोड लिने गरेका छन् ।
२. रोहित सेठ्ठी
बलिउडमा रोहित सेठ्ठीलाई हिट मसिन भनिन्छ । उनले एकपछि अर्को गर्दै १० वटा फिल्म हिट दिएको रेकर्ड कायम गरेका छन् । ‘दिलवाले’ मात्र पहिलो फिल्म हो जुन शाहरुख र काजल हुँदाहुँदै पनि फ्लप सावित भएको थियो । ‘सूर्यवंशी’को रिलिजको पर्खाइमा रहेका उनले एउटा फिल्मबाट २८–३० करोड लिने गरेका छन् ।
१.एसएस राजामौली
भारतको सबैभन्दा धेरै कमाउने ‘बाहुबली’ बनाउने एसएस राजामौली निसन्देह सबैभन्दा धेरै पारिश्रमिक लिने निर्देशक हुन् । तर, उनले लिने पारिश्रमिक र अरुले लिने निर्देशकको पारिश्रमिकमा भने आकाश जमीनको फरक छ । अरुले २०–३० लिँदा राजामौलीले भने सय करोड लिने गरेका छन् । उनी निर्देशित नयाँ फिल्म ‘आरआरआर’ केही समयपछि नै प्रदर्शन हुँदैछ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया