१६ थान मूर्ति चोरी गरेको आरोपमा पक्राउ

ललितपुर : मूर्ति चोरीको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित मूर्ति बनाउने स्थानबाट १६ थान धातुको मूर्ति चोरी गरेको आरोपमा ललितपुर महानगरपालिका-१२ मंगलबजारका काभ्रे वेथानचोक गाउँपालिका-६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
मूर्ति बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा सलंग्न सुनारलाई चोरी भएका सम्पूर्ण मूर्ति सहित ललितपुर बालकुमारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया