जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनवादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकल साँझ’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाए ।
जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र सांस्कृतिक क्रान्ति भएको उनको भनाइ छ । सोही प्रेरणाका आधारमा कम्युनिष्ट नेता ठाँउमा पुग्दा गर्ने रहेछन् भन्ने विश्वास जनतालाई दिलाउनका लागि समाजवादी वडा कार्यक्रमको थालनी गर्न लागेकोसमेत उनले बताए ।
प्रदेश सरकारले समाजमा पिछडिएकाका लागि छानाको व्यवस्था गरिदिने बताउँदै उनले साउनदेखि नै वनकरियाको घर बनाउन सुरु गरिने जानकारी दिए ।
आजको एकलसाँझ चार दशकभन्दा लामो समयदेखि अनवरतरूपमा जनताका पक्षमा गीत गाउँदै आएका जीवन शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति भएको हो ।
शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ गीत गाउँदै मुख्यमन्त्री पाण्डेसहित सहभागी प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि र साहित्यकारलाई आफूसँगै नचाएका थिए। दर्जनौँ गीत प्रस्तुत गर्दै गायक शर्माले ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई सिसाको महल’लगायतका गीत प्रस्तुत गरे ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया