त्रिविमा दुई विद्यार्थी नेता आमरण अनशनमा

काठमाडौँ- अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन् । त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले बताए ।
उनीहरु दुवै जना हिजो असार २८ गते दिउँसो २ बजेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनशन बसेका हुन् । प्रत्येक दुई-दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिविका सबै सङ्कायको पाठ्यक्रम समयानुसार परिमार्जन गर्नुपर्ने, त्रिविमा देखिएका दुईखाले शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने, यस्तै त्रिविका पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुनुपर्नेलगायतका माग राखी अनशनमा उनीहरू बसेका छन् ।
यसैबीच आमरण अनशनमा बसेका अध्यक्ष पराजुली बिरामी भएका छन् । उपाध्यक्ष माधव पन्तका अनुसार उनमा उच्च रक्तचापलगायतका समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेका छन् । रासस

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया