लक्ष्मी बर्देवाले पनि छोडिन् ‘घिन्ताङ’

काठमाडौं : पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक भनिएको चलचित्र ‘घिन्ताङ’बाट लक्ष्मी बर्देवाले पनि हात झिकेकी छिन् । उनले डेट जुधेका कारण आफूले फिल्म छाडेको जानकारी इकागजलाई गराएकी छिन् ।
‘घिन्ताङ’बाट हात झिक्ने लक्ष्मी दोस्रो अभिनेत्री हुन् । यसअघि एलिजा गौतमले पनि उनको बुबाको स्वास्थ्यको कारण देखाउँदै फिल्म नखेल्ने निर्णय गरेकी थिइन् । एलिजा गौतमले छाडेका ठाउँमा निर्देशक दीपक श्रेष्ठले लक्ष्मीलाई अनुबन्ध गरेका थिए ।
लक्ष्मी यो फिल्मको मुहूर्तमा पनि सहभागी भएकी थिइन् । सरस्वती पूजाको अवसर पारेर यो फिल्मको कमलादी गणेशस्थानमा पूजाआज गरिएको थियो । पूजाआजा गरेसँगै यो फिल्मको सुटिङ शुक्रबारबाट सुरु हुने जानकारी गराइएको थियो । तर, सुटिङको अघिल्लो दिन नै दीपक श्रेष्ठले कोरोना पोजेटिभ भएको सूचना सार्वजनिक गरेका थिए ।
लक्ष्मीले अहिले ‘घिन्ताङ’ र आफूले पहिले नै साइन गरिसकेका प्रोजेक्टको समय जुधेकाले आफूलाई ‘घिन्ताङ’ छाड्ने निर्णय गरेको बताइन् ।
‘भनेको समयमा सुटिङ नभएपछि मेरो समय जुध्यो । मैले घिन्ताङ छाड्ने निर्णय गरेँ,’ लक्ष्मीले भनिन् । लक्ष्मीले गत शनिबारबाट कार्मको जोडीको रुपमा ‘अनन्त’को सुटिङ सुरु गरेकी छिन् ।
‘घिन्ताङ’मा गौरव पहारी र लक्ष्मीले मुख्य भूमिकामा अभिनय गर्ने कुरा थियो । तर, लक्ष्मीले छाडेपछि निर्देशक श्रेष्ठले नीता ढुंगानालाई लिएर सुटिङ सुरु गर्न लागेको स्रोतले बताएको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया