बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, पाँच पक्राउ

सांकेतिक तस्विर

रूपन्देही - गैडहवा गाउँपालिका–१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । 

आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए । उनीहरु घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो । 

कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो ।