बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

फाइल फोटो

गोरखा - सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ । 

सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।