सनराइज बैंकको निःशुल्क स्तन तथा पाठेघर चेक जाँच शिविर सम्पन्न

काठमाडौँ - सनराइज बैंक लिमिटेडको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित रोग समयमै पहिचान गरि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरेको हो।
भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यका अनुसार उक्त कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गण, भगवतीस्थानमा गरिएको हो । असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएका थिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको छ । बैंकले केही समय अगाडी पनि नेपाल मधुमेही समाज सँगको सहकार्यमा काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको थियो ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुती खर्च स्वरुप १० हजार रूपैयाँसम्म र अस्पताल भर्ना र ओपिडी खर्च गरी १ लाख रूपैयँसम्म बीमा बापतको रकम समेत दिँदै आएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया