सिटी एक्सप्रेस मनी ट्रान्सफर १६औं वर्षमा प्रवेश

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १५ वर्ष पुरागरी १६ औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'समृद्धीको उत्सव' भन्ने मुल नाराका साथ १६औं वार्षिकोत्सवको अवसरमा १६ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भइ साथ दिने ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहक महानुभावहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता पनि गरेको छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया