लिग-२: स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज आयोजक स्कटल्यान्डको सामना गर्दैछ । नेपाल र स्कटल्यान्डबीचको खेल टिटउडमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
घरेलु टोली स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गर्दै सिरिजको सुरुवात गरेको थियो । तर नेपालले भने पहिलो खेलमा नामिबियासँग ४० रनको पराजय भोग्न बाध्य भए ।
लिग-२ अन्तर्गत स्कटल्यान्ड तुलनात्मक रुपमा सहभागी ७ टिममध्येकै बलियो टोलीको रुपमा रहेको छ । लिग-२ अन्तर्गत नेपालले १७ खेलबाट १५ अंक जोड्दै छैटौं स्थानमा छ भने दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २१ खेलबाट ३० अंक जोडेको छ । र उसलाई उसैको घरेलु मैदानमा पराजित गर्न नेपालका लागि ठूलै चुनौतीको रुपमा रहनेछ ।
नामिबियाविरुद्ध स्कटल्यान्डले ब्याटिङ र बलिङ दुबैबाट शानदार सुरुवात गरेको थियो जसका कारण उसले ठूलो अन्तरको जित हात पार्न सफल भयो । पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले पहिलो विकेट गुमाउँदा ५८ रन जोडेको थियो । त्यसैगरी, बलिङमा भने नामिबियाका ३ खेलाडीलाई ८ रनभित्रै आउट गर्न सफल भएको थियो ।
तर अर्कोतर्फ नेपालले भने नामिबियाको तीन विकेट लिँदा उसले ६९ रन जोडिसकेको थियो । जवाफमा भने नेपालले ५८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।
त्यसैले आजको खेलमा ब्याटिङमा नेपालले राम्रो सुरुवात गर्नुकासाथै बलिङमा सकेसम्म छिटो विकेट लिनुपर्ने हुन्छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया