बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी - सुनसरीको रामधुनी नगरपालिका–२ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छिन् । गम्भीर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।  

घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी इटहरी स्थित बेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको छ । 

गएराती सवा १० बजे पैदलयात्रीलाई ठक्कर दिएर प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकल पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।