इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

काठमाडौं - भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ ।
मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो । इंग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा मोइन अलि १४ रनको योगदान गरे ।
जस्प्रित बुमराहले चिम्किएपछी इंग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया