मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भैरहवा - जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु४०प ५९८९ नम्बरको मोटरसाइकल आफैँ नियन्त्रण गुमाएर आज बिहान दुर्घटना भएको थियो ।
रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया