ज्योति विकास बैंकको नयाँ शाखा धुलावारी र अत्तरियामा

काठमाडौँ- ज्योति विकास बैंकले धुलावारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो। मेचीनगर नगरपालिका १०, झापास्थित धुलावारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक सेयरधनी ध्रुवकुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका छन्।
साथै, गोदावरी नगरपालिका -२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्ट र बैंकका संस्थापक सेयरधनी तथा साबिक राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेमबहादुर भण्डारीले संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहक वर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया