बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

नुहाउन जाँदा पोखरीमा डुबेर दुईको मृत्यु

प्रतिकात्मक तस्वीर

राजविराज- सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।    
    
 अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी १३ वर्षीय सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ मुसहरीको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लुराइ सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।