त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले ५०औँ वार्षिकोत्सव मनाउने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले (इन्स्टिच्युट अफ मेडिसिन) ले ५०औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रम मनाउने भएको छ ।
संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले चिकित्सा शिक्षा र सेवामा स्वर्णिम इतिहास बोकेको यस संस्थाको ५० औं वर्षसम्म आइपुग्दा दक्ष जनशक्ति उत्पादन गरी देशमा उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताइन् ।
उनले संस्थान नेपालमै चिकित्सा शिक्षा अध्यापन गर्ने पहिलो संस्था रहेको उनले प्रस्ट पारिन् । उनले संस्थानको वार्षिकोत्सवको अवसरमा एकेडेमिक मिट, फुटसल, रक्तदान, सांस्कृतिक कार्यक्रम, वाकथन लगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन । संस्थानको वार्षिकोत्सवको मुख्य कार्यक्रम भने साउन १ गते हुनेछ । सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।
हालसम्म संस्थानबाट स्नातक तह एमबीबीएस, बीडीएस र बीपीएच लगायतका कार्यक्रममा २६ हजार १६३ जना र स्नातकोत्तर तथा विद्यावारिधि तहका ४ हजार ९५६ जना स्वास्थ्य जनशक्ति उत्पादन भइसकेका छन् ।
संस्थानको सम्बन्धन प्राप्त कलेजहरूबाट ९ हजार ४ सय जनशक्ति उत्पादन भइसकेको डा शाहले बताइन् ।
संस्थानका अहिले ७ वटा आंगिक क्याम्पस र १७ वटा सम्बन्धन प्राप्त कलेजहरु छन् । स्थापना सन् १९७२ मा भएको हो । संस्थान अन्तर्गत नै नेपालमा पहिलोपटक सन १९७८ बाट एमबीबीएसको पढाइ सुरु भएको हो ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया