अष्ट्रेलियाविरुद्ध श्रीलंकाको शानदार जित
काठमाडौँ – श्रीलंका र पाहुना टोली अष्ट्रेलियाबीचको दुई खेलको टेष्ट सिरिज १-१ को बराबरीमा टुंगिएको छ । दोस्रो टेष्ट श्रीलंकाले एक इनिङ र ३९ रनले जितेपछि सिरिज बराबरीमा टुंगिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा श्रीलंकाले ५ सय ५४ रन बनाएपछि पाहुना टोली १ सय ९० रनले पछि परेको थियो । तर दोस्रो इनिङ्समा भने अष्ट्रेलिया १ सय ५१ रनमै समेटिएपछि खेल श्रीलंकाले एक इनिङ र ३९ रनले जित्यो ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाका लागि मार्नस लाबुचानेले सर्वाधिक ३२ रन जोडे । श्रीलंकाका प्रभात जयसुर्याले सर्वाधिक ६ विकेट हात पारे ।
यसअघि पहिलो इनिङ्समा अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले १ सय ४५ रन तथा मार्नस लाबुचानले १ सय ४ रन जोडेका थिए । श्रीलंकाका प्रभात जयसुर्याले पहिलो इनिङ्समा पनि ६ विकेट लिएका थिए ।
श्रीलंकाका लागि भने पहिलो इनिङ्समा दिनेश चन्डिमलले अविजित २ सय ६ रन बनाएका थिए । कप्तान दिमुथ करुनारत्नेले ८६ तथा कुशल मेन्डिसले ८५ रन बनाएका थिए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ४ तथा मिचेल स्विपसनले ३ विकेट झारे ।
पहिलो टेष्ट अष्ट्रेलियाले १० विकेटले जितेको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया