को हुन् नामिबियाविरुद्ध नेपालका लागि डेब्यु गरेका बसिर अहमद ?

काठमाडौँ – स्कटल्यान्डमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालका लागि बलर बसिर अहमदले डेब्यु गरेका छन् ।
कपिलवस्तुमा जन्मिएका १८ वर्षीय बसिर एकदिवसीयमा नेपालका लागि डेब्यु गर्ने ३३ औँ खेलाडी बनेका छन् । उनी सन्दीप लामिछानेको कप्तानीमा डेब्यु गरेका हुन् ।
बसिरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत मे महिनामा जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय र टी-ट्वान्टी खेलेका थिए । बसिरले जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी-ट्वान्टी खेलमै २ विकेट हात पारेका थिए । उनले ब्याटिङ भने गर्न पाएका थिएनन् ।
वर्षाका कारण दोस्रो खेल नभएपनि तेस्रो खेलमा १ विकेट हात पारेका थिए ।
बायाँ हाते स्पिनर बसिरले जिम्बावे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय पनि खेले तर उनी बलिङमा विकेट विहिन बन्दा ब्याटिङ गर्ने मौका पाएनन् ।
गत अप्रिलमा भैरहवामा भएको नेपाल प्रो-क्लब च्याम्पियनसीपको उपाधि रुपन्देही-११ ले जित्दा बसिर प्लेयर अफ द सिरिज घोषित भएका थिए । प्रतियोगितामा उनले १ सय १९ रन बनाउनुका साथै १० विकेट समेत लिएका थिए । फाइनलमा रुपन्देहीले मलेसिया-११ लाई पराजित गर्दा उनले सर्वाधिक २ विकेट हात पारेका थिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया