विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्छः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौँ - पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि नीतिगत व्यवस्था गरेर शर्त राख्नुपर्ने बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैया दिएको बताए । पाण्डेले विदेशमा गएर रेमिट्यान्स सहयोग भए/नभएको वा राष्ट्रलाई योगदान पुग्ने अवस्थामा मात्रै पैसा दिने गरी व्यवस्था गर्दा राम्रो हुने बताए ।
उनले नेपालको ठूलो रकम विकसित मुलुकमा जाने तर मुलुकलाई कुनै योगदान नहुने अवस्था गरेको बताए । पाण्डेले यस्तो नीतिले सर्वसाधारण जनता भन्दा सुकिला मुकिला मान्छेहरूको लागि मात्रै फाइदा भएको बताए । उनले सरकारले नै विदेश जानको लागि सहयोग गरिरहेको देखिएको दाबी गरे ।
पूर्वमन्त्री पाण्डेले राष्ट्र बैंकले वाह्य क्षेत्रको दबाबलाई व्यवस्थित गर्न बनाउने नीतिले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराए । उनले यो नीतिले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि शिथिल हुन सक्ने जिकिर गरे । पाण्डेले अर्थतन्त्रका सबै सूचकमा चाप रहेकाले सरकारले अगाडि सारेको लक्ष्य पूरा हुन नसक्ने बताए । उनले आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत कायम राख्न सरकारको लक्ष्य भए पनि पूरा नहुने देखिएको बताए ।
उनले भने, ‘अहिले राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीहरुको लागि पैसा दिनुभएको छ । अहिले विदेशमा पढ्न जानेलाई १० महिनामा ५१ अर्ब रुपैयाँ पैसा गएको छ । यो पैसा दिने नीतिका विषयमा के सोच्नुभएको छ । यसले हाम्रो रेमिट्यान्सलाई सपोर्ट गरेको छ की ? दुःख गरेर कमाएको पैसा त्यसमा हामीले खर्च गरेका छौं र त्यहाँबाट रिटर्न केही आएको छैन । विदेश मात्रै जाने भएको छ की ? विदेश जानको सपोर्ट गरेका छौं । नेपालमा धेरै समय लगाए पढायो पढेका मान्छे बाहिर गए । यो आम जनता भन्दा पनि सुकिला मुकिला मान्छेहरुको लागि हितकारी नीति त भएको छैन । राष्ट्रलाई कुनै योगदान नदिने खालको काम गरिरहेको छ की ? यदि यसको चाप बढ्दै गयो भने दोहोरो अर्थ छ । वैधानिक रुपमा मुलुकको पैसा जाने भयो । नेपालको ठूलो पैसा विकासशील मुलुकमा गएको छ । यसमा कुनै शर्त राख्नुपर्ने हो की । अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त पर्ने हो । यसले राज्यलाई योगदान गरेको छैन भने अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त किन लागू नगर्ने ?`
त्यस्तै सांसद दिव्यमणि राजभण्डारीले बैंकबाट जाने कर्जा सिमित व्यक्तिको पहुँचमा रहेकाले अर्थतन्त्रमा समस्या भएको बताए । उनले बैंकले केही समूहलाई मात्रै लगानी गर्दा घरेलु तथा साना उद्योगहरूले कर्जा नपाएको बताए । सांसद भण्डारीले सिमित घरानालाई मात्रै बैंकिङ कर्जा वितरणले भविष्यमा अर्थतन्त्रमा जोखिम ल्याउने भन्दै राष्ट्र बैंकको ध्यान त्यता जानुपर्ने सुझाव दिए । सांसद भण्डारीले सिमित व्यवसायिक घरानालाई मात्रै बैंकिङ कर्जालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया