बागमती गोल्डकपको उपाधि थ्रीस्टारलाई

हेटौंडा : बागमती गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ । जितसँगै थ्रीस्टारले नगद ८ लाख रुपैयाँ पुरस्कार हात पार्यो भने उपविजेता बनेको अफ्रिकन टिमले नगद ४ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
सोमबार मकवानपुरको बागमती गाउँपालिकामा भएको फाइनल खेलमा थ्रीस्टारले अफ्रिकन टिमलाई ३-२ गोलअन्तरले हराएको हो । पहिलो हाफमा अफ्रिकन रुट्स एसोसिएसनले २-० को अग्रता कायमै गरेपनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्यो ।
खेलको दोस्रो हाफमा थ्रीस्टारका मनिष डाँगी, निशाान खड्काले एक/एक गोल गरेका थिए भने रुपेश केसीले पेनाल्टीमा एक गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच थ्रीस्टारका निशान खड्का घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका रुपेश केसी घोषित हुँदै ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । चैत्र १३ गतेबाट सुरु भएको बागमती गोल्डकपमा १० टिमले सहभागिता जनाएका थिए ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया