जडीबुटी खाँदा अछाममा एकको मृत्यु, एक गम्भीर बिरामी

अछाम- अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृत्यु भएको हो ।
जडीबुटी खाँदा अर्का एक जना गम्भीर बिरामी भएका छन् । गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।
आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खाँदा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएकाे मृतकका भाइ विनोद खत्रीले जानकारी दिए ।
गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया