मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

हेल्प नेपाल शीर्षस्थानमा यथावत

काठमाडौँ : टिपटप हेल्प नेपाल पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुषतर्फ शीर्षस्थानमा यथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अंकका साथ शीर्षस्थानमा कायमै रहेको हो ।  सोमबार सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३/० को सोझो सेटमा पराजित गर्‍यो । हेल्पले पुलिसलाई २५/२२, २५/१६, २५/२० अंकले पराजित गरेको हो । अर्को खेलमा विभागिय टोली सेनाको टिएसीले अर्को विभागीय टोली एपिएफलाई २५ / १५, २५/१८, २८/२६ ले पराजित गर्दै आफ्नो अंक तालिकामा एपिएफ संगको अंक बराबर गरेको छ । एपिएफ र टिएसीको अंक समान ९ रहेको छ ।

यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अंक र बुलबुलेको पनि ४ खेलबाट समान ६ अंक रहेको छ । मणिमुकुन्द र नयाँबजारले कुनै अंक जोडेका छैनन् । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनामा भएको प्रतियोगिताको महिला तर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अंकका साथ शीर्ष रहेका छन् ।

 टिएसीले सोमबार भएको प्रतिस्पर्धामा अर्को विभागिय टोली एपिएफसँग पराजित भए पनि अंकका आधारमा शीर्षस्थानमा रहेको हो । एपिएफले सेनालाई १९/२५, २५/१०, २५/१७, २५/२२ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अंक तालिकामा ३ अंक जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५/२१, २५/१२, २५/१३ ले पराजित गरेको हो । महिला तर्फ न्यू डायमण्डको ३ खेलबाट ७ अंक र एपिएफको ६ अंक रहेको छ । भक्तपुर मेट्रोले ३ अंक जोड्दा ढोरपाटन शून्यमा रहेका छ ।