अन्ततः सदनमा छिर्यो संघीय निजामती विधेयक

काठमाडौँ : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले सदनमा प्रवेश पाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पेस भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती विधेयक सदनमा पेस गरेकी छन् । यो विधेयक तत्काल पास हुनुपर्ने महत्वपूर्ण विधेयक मध्येको एक हो ।
यो विधेयक ०७५ माघ २७ गते संघीय संसदमा दर्ता भएको यो विधेयक त्यही वर्ष फागुन ३ मा प्रतिनिधि सभामा प्रस्तुत भएको थियो । त्यस्तै फागुन १० गते दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत गरिएको थियो ।
राव्य व्यवस्था समितिले ०७७ असार १५ मा संघीय निजामती विधेयकलाई टुंग्यायो । समितिले अन्तिम विधेयक प्रतिवेदन तयार पार्न करिब डेढ वर्षमा ५५ वटा छलफल चलाएको थियो । यसरी लामो समय लगाएर संसदीय समितिले टुंग्याएको संघीय निजामति विधेयक बन्धक बनेको छ । संसद्को अधिवेशन स्थगित गरिदा विधेयक यो विधेयक संसद्मै बन्धक बनेको थियो । यही कारण समायोजन भएका कर्मचारी संघ, प्रदेश र स्थानीय गरी तीन तहको व्यवस्थापन हुन सकेका छैनन् ।
संघीय निजामति सेवा ऐनकै अभावमा स्थानीय तह र प्रदेशको कार्य सम्पादन तथा सेवा प्रवाहमा ठूलो असर पर्दै आएको छ । विधेयक बन्धक भएकैले प्रदेश र स्थानीय तहसम्बन्धी कानुन बन्न सकेका छैनन् । कानुन बन्न नसकेकाले प्रदेश र स्थानीय तहको निजामती सेवा अन्योलमा छ । यो विषयमा प्रदेश र स्थानीय तहहरूले केन्द्रसँग पटक-पटक गुनासो गरेको छन् ।
विधेयक संसदमा बन्धक हुँदा प्रदेशको कर्मचारीतन्त्र, प्रशासनिक अस्थिरता वा संक्रमणको अवस्था सिर्जना भएकोछ । कर्मचारी व्यवस्थापनलगायतका अनेकन समस्या देखिएका छन् । विधेयक कानुन बन्न नसक्दा समायोजनपछि कर्मचारी संघ, प्रदेश र स्थानीय गरी तीन तहका व्यवस्थापन हुन नसकेको गुनासो प्रदेश तथा स्थानीय तहको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया