कर्णालीकाे बजेटमा मन्त्रीका छोराछोरी झल्किएकाे आराेप

सुर्खेत - आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएकाे भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन् । 'हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले विधिमा सरकार चल्न मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्ण शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाइ बधाइ दिइन् । अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परी पार्टीले गर्दा समस्य उत्पन्न भएको बताएका छन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Khs72ttsGU_prj1cqws4h1gn7vj16eprrsnn4ozu1ggrmdaqbonp3nsj19p719qvfo9uwhn.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया