माओवादीले फिर्ता लियो मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव

काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमात्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरे ।
गत पुस १२ गते तत्कालीन नेकपाको दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईकै निर्देशनमा एमालेकै माधव नेपाल समूहले गत १७ गते अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता गरेको थियो । फागुन २३ मा सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै अविश्वासको प्रस्ताव फेल हुने भएपछि माओवादीले फिर्ता लिने निर्णय गरेको हो ।
विशेष परिस्थितिमा दर्ता भएको प्रस्ताव फिर्ता गरिएको उनको भनाइ छ । ‘सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास भने कायमै छ,’ उनले भने । त्यस्तै संसद्मा एमालेकै माधवकुमार नेपाल समूहका राजेन्द्र राईले पनि अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका थिए ।

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

प्रतिक्रिया