बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ- काठमाडौँको सोल्टी मोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-१२ सोल्टी मोडमा प्रदेश३-०२-००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।