पहिलो चरणको दोस्रो डोज खोप बैशाख ७ देखि ११ गतेभित्र लगाइने
जेठ-असारमा कोभिड संक्रमण उच्च विन्दुमा पुग्ने अनुमान

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणको दोस्रो डोज खोप आगामि बैशाख ७ देखि ११ गतेसम्म लगाउने बताएका छन् । सोमबार संसदमा बोल्दै उनले पहिलो मात्रा कोभिड-१९ विरुद्धको खोप प्राप्त गरेकालाई २०७८ बैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रामा कोभिसिल्ड खोप प्रदान गर्ने बताएका छन् ।
‘बाहिर पहिलो चरणमा खोप लगाउनेलाई खोप छैन भन्ने हल्ला छ,’ उनले भने, ‘पहिलो चरणमा खोप लगाएकाहरूको खोप सुरक्षित तरिकाले भण्डारण गरेर राखिएको छ ।’ नेपालमा कुल जनसंख्याको ६ प्रतिशतभन्दा बढी मानिसहरूले खोप लगाइसकेको जानकारी उनले दिएका छन् । यसभन्दा अगाडि खोप लगाउन नपाएका इच्छुक अग्रपन्तीमा खटिने व्यक्तिलाई चैत्र २५ गतेदेखि चिन सरकारबाट प्राप्त ‘भेरोसेल खोप लगाउने कार्यक्रम रहेको उनले बताएका छन् ।
संक्रमण पुन बढ्दै गइरहेको हुनाले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने उनले बताएका छन् ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया