मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा कुनै दुराशय नियत छैन : मुख्यमन्त्री

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा कुनै दुराशय नियत नभएको बताएका छन् ।
प्रदेशसभाको आज बसेको दशौँ अधिवेशनको १९औँ बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मुख्यमन्त्री शाहीले सरकारले राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी लिँदै आएको बताए ।
उनले भने, `हामी प्रतिपक्षीसँग भएका सहमतिअनुसार अगाडि बढेका छौँ । मुख्यमन्त्रीले रोजगार कार्यक्रमको बजेट कार्यकर्तामुखी बनायो भन्ने अब्जसले मन दुखाएको छ ।` उनले कर्णाली विकासका लागि सबैको उत्तिकै दायित्व भएको भन्दै राम्रो काममा प्रशंसा र नराम्रो कामको खबरदारी गर्न प्रतिपक्षीलाई आग्रह गरे ।
आगामी आव २०७९/०८० का लागि प्रदेश सरकारले मौलिक र यथार्थ बजेट ल्याएकामा धन्यवाद दिन उनले आग्रह गरे । माथिल्लो कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायतका जिल्ला र सुर्खेतलाई समान बजेट विनियोजन कार्य वैज्ञानिक नहुने भन्दै समतामूलक तवरबाट बजेट तथा योजना निर्माण गर्ने मुख्यमन्त्री शाहीले बताए । कृषिबाहेक अन्य कुनै पनि मन्त्रालयको योजना रु १५ लाखभन्दा मुनिका नहुने उनको प्रष्टीकरण थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेशको सीमापारिका जिल्लामा बजेट जाने अवस्थाले यहाँको सार्वभौम संसद्को गरिमा बढाउन नसक्ने टिप्पणी गरे ।
`कर्णालीमा थोरै पैसाले धेरै काम गर्नुपर्ने अवस्था छ`, नेता कँडेलले भने, `चार वर्षको बजेट ठूलो तर उपलब्धि कम रहेको छ ।` प्रदेश योजना आयोग दुब्लाएको व्यङ्ग्य गर्दै उनले सरकारलाई मागदर्शन गरेर प्रतिपक्षीले सहयोग पुर्याउँदै आएको जिकिर गरे ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया