मेसिन रोलर भएको कामलाई ज्यामीबाट गराएको देखाएपछि भ्रष्टाचार अभियोग
तत्कालीन उपमेयर, प्रशासकीय अधिकृत, इन्जिनियरविरुद्ध मुद्दा

काठमाडाैँ– पोखरीमा पार्क निर्माण गर्दा उपभोक्ता समितिसँग मिली मेसिनबाट भएको कामलाई ज्यामी गराएको भनी भुक्तानी दिने÷लिने दुवैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
विराटनगर महानगरपालिका–१५ मा पार्क निर्माण र भुक्तानीमा संलग्न तत्कालीन नगरउपप्रमुख इन्दीरा कार्की, वडाध्यक्ष, प्रशासकीय अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । आयोगले उपप्रमुख कार्की र तत्कालीन १५ नम्बर वडा अध्यक्ष असलम आलमविरुद्ध ५ लाख ८ हजार ६ सय ६९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।
विराटनगर महानगरपालिका–१५ का पोखरी निर्माणमा माटो फिलिङ गर्ने क्रममा रोलर मेसिनबाट भएको कामलाई ज्यामीद्वारा गरिएको मूल्यांकनमा भुक्तानी दिएको अभियोग लगाएको छ । नगरउपप्रमुख कार्की र तत्कालीन वडाध्यक्ष असलम आलमले गलत मूल्याङ्कनको आधारमा पोखरीमा पार्क निर्माण कार्यको मूल्याङ्कन जाँचपास तथा फरफारखको लागि योजना अनुगमन समितिको बैठक बसी निर्णय गराएका थिए । आयोगले उक्त कार्यमा भ्रष्टाचार भएको ठहर्याउँदै कैद र बिगो बमोजिम जरिवाना असुलीको मागसहित भ्रष्टाचार मुद्दा चलाएको हो ।
त्यसअतिरिक्त पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेविरुद्ध वास्तविकभन्दा बढी गरेको देखाएको र महानगरपालिकासँग गरेको सम्झौता विपरीत रोलर मेसिनको प्रयोग गरी माटो फिलिङ्गको कार्य सम्पन्न गरेको अभियोग आयोगले लगाएको छ ।
उनीहरुले ज्यामीद्वारा काम गराउने गरी तयार भएको लागत अनुमानका आधारमा भुक्तानी लिएका थिए । मेसिनले गरेको कामलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले झुट्टा डोर हाजिर, झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी उक्त कागजातहरू नगर कार्यपालिकाको कार्यालयमा पेस गरी भुक्तानी लिएका थिए । उनीहरुविरुद्ध १० लाख ५५ हजार ९ सय ७९ रुपैयाँ भ्रष्टाचार अभियोग लगाएको हो ।
त्यसअतिरिक्त विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलमविरुद्ध ‘नापी किताबमा बढाई चढाई गरी मेसिनको कामलाई ज्यामीबाट भएको भनी भुक्तानी दिएको’ अभियोग अख्तियारले लगाएको छ । उनीहरु १० लाख ५५ हजार ९ सय ७९ रुपैयाँ भ्रष्टाचार अभियोग लगाउँदै कैद र बिगो बमोजिम जरिवानाको माग दावी लिएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया