जाँच बिना पित्त थैलीको शल्यक्रिया प्रकरण : समितिले बाेलायाे प्रतिष्ठानका उपकुलपति

जनकपुरधाम- प्रदेश सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा भएकाे चिकित्सकको लापरबाहीबारे घटनाको विषयमा जानकारी लिन प्रतिष्ठानका उपकुलपति बोलाएको छ ।
प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठकमा घटनाको विषयमा आवाज उठाएपछि सभामुख सरोजकुमार यादवले रुलिङ्ग गर्दै महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति जैनुल राईनको नेतृत्वमा एक छानबिन समिति गठन गरेकाे थियाे । साे समितिले छानबिनका क्रममा घटनाकाे जानकारी लिन उपकुलपति डा. रामकेवल साहलाई पत्र काटेको सभापति राईनले जानकारी दिए ।
साे समितिलाई छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समयावधि दिइएकाे छ । प्रादेशिक अस्पतालका चिकित्सकले बिरामीको जाँच बिना पित्त थैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएपछि समितिले छानबिन थालेको छ ।
चार महिनाअघि जाँच गराएका आधारमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं २ घर भई हाल जनकपुरधाम उप-महानगरपालिकामा काेठा भाडामा लिएर बस्दै आएकी विभा चौधरीको चिकित्सकले पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा उनकाे ज्यान नै जाेखिममा परेकाे छ ।
असार १३ गते प्रादेशिक अस्पतालमा बिना जाँच नै शल्यक्रिया गरेपछि महिलाको अवस्था गम्भीर बनेको थियो । त्यसपछि असार १६ गते उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । २८ फागुन २०७८ मा नै अल्ट्रासाउन्डमा गराएको रिपोर्टको आधारमा नै डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले बिरामीकाे शल्यक्रिया गरेका थिए ।
यता पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकहरूलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग समेत गर्दै आएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया