नागरिकता विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

काठामडौँ- प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गरेका थिए भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएका छन् । दुई वर्षअघि प्रतिनिधि सभामा उत्पत्ति भई विचाराधीन रहेको विधेयक फिर्ताको प्रस्तावको विरोधमा सूचना प्रस्तुत गर्दै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक व्यवस्थालाई पालना गर्न छिटो विधेयक पारित गर्नुपर्नेमा संसदीय समितिमा भइसकेको छलफल र भएको मेहनतलाई बेवास्ता गरिएकामा आपत्ति जनाए ।
एमालेका सांसद डा भीमबहादुर रावलले सबै नेपालीले सहजै नागरिकता पाऊन् र कुनै पनि विदेशीले नेपाली नागरिकता नपाऊन् भन्ने मान्यता राखेर संविधानमा नागरिकसम्बन्धी व्यवस्था गरिएको स्मरण गराउँदै विधेयक फिर्ता प्रचलित कानुनी मान्यता विपरीत भएको बताए ।
एमालेका सांसद शेरबहादुर तामाङले समितिमा छलफल भइसकेको विधेयक पारित नगरेर फिर्ता र नयाँ विधेयक ल्याउने प्रक्रियाले यस संसदबाट सो विधेयक पारित हुने सम्भावना नभएको टिप्पणी गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले विधेयक फिर्ता लिए पनि चाँडै अर्काे विधेयक ल्याउन माग गरे । एमालेका सांसद घनश्याम खतिवडाले जन्म सिद्धका आधारमा नागरिकता पाउन प्रतीक्षारत जनताहरुमा निराशा छाएको बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल भारत सीमा नाकामा कडा सुरक्षा व्यवस्था गर्न र नागरिकता समस्याको समाधान गर्न आग्रह गरे ।
सांसदहरु कृष्णप्रसाद दाहाल, विद्या भट्टराई, विमला विक, हृदयेश त्रिपाठी, बीना श्रेष्ठ, डा वृन्दा पाण्डे लगायतले विधेयक फिर्ता नलिई पूर्ववत् विधेयकलाई पारित गर्न आग्रह गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया