नागरिकता विधेयकको 'भ्रूण हत्या' भयो : शेरबहादुर तामाङ
काठमाडौँ- नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेर विधेयकको ‘भ्रूण हत्या’ गरेको बताएका छन् । संसद्को शुक्रबारको बैठकमा बोल्दै उनले सरकारलाई यस्तो आरोप लगाएका हुन् ।
‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो,’ उनले भने, ‘त्यो नजन्मिँदै भ्रूण हत्या भयो । नागरिकता कानुनको हत्या भयो । गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस् ।’
यो विधेयकलाई सरकारले अगाडि बढाउनु पर्ने उनकाे धारणा छ । ‘३ वर्ष समितिमा छलफल गरेर आएर सबै दलहरू सहमति गरेर समिति स्तरको औपचारिक प्रतिवेदन तयार गरेर यहीँ टेबुलमा आइसकेको हो,’ उनले भने, ‘यसलाई किन फिर्ता नलियौँ ।
त्यसलाई पास गरेर जाऔँ ।’ नयाँ विधेयक ल्याएर फेरि सुरू गर्दा लामो समय लाग्ने हुँदा उनले यसलाई पास गरेर जानुपर्ने उल्लेख गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया