श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक रिचार्डबीच भेटवार्ता

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओका राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए । मन्त्री कुँवरले आइएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।
उनले मन्त्रालयको तर्फबाट श्रमिकको हक अधिकार सुनिश्चित गरी विदेशमा सिकेको सीपलाई नेपालमै लागु गर्न पहल भइरहेकाले आइएलओलाई सहयोग गर्न अनुरोध गरे ।
राष्ट्रिय निर्देशक डा.हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि श्रमिकको सुरक्षा, न्याय र रोजगार वृद्धिका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

प्रतिक्रिया