बारामा मोटरसाइकलको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

बारा । बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको हो ।
सिम्रौनगढबाट कोल्हबीतर्फ जाँदै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया