नेविसंघको नारा : प्रधानमन्त्रीज्यू तपाईंले पढेको कलेज कहिले बन्ने ? (तस्बिरहरू)

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पस बचाउको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस परिवारले क्याम्पस बचाउको माग गर्दै प्रदर्शन गरेको हो ।
नेविसंघका कार्यकर्ताले 'प्रधानमन्त्रीज्यू तपाईंले पढेको कलेज कहिले बन्छ, इतिहास ढल्छ, सरकार मौन छ, भ्यूटावर चाँही बन्ने त्रिचन्द्र चाँही नबन्ने ? लगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन् ।
विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्याली निकालेका हुन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

प्रतिक्रिया