म्यानचेस्टर युनाइटेडलाई ब्रुनो फर्नान्डेजकै भर

काठमाडौँ: यस सिजन म्यानचेस्टर युनाइटेडले आफ्नो प्रदर्शनमा एकरुपता देखाएको छैन । कमजोर भनिएका टिमसँग अनपेक्षित गोल खाने गरेको छ भने ठूला टिमविरुद्ध जित निकाल्न सकेको छैन । कतिपय अवस्थामा युनाइटेड रणनीति नै नभएको टिम जस्तो देखिन्छ । त्यस्तो अवस्थामा युनाइटेडलाई उद्दार गर्न ब्रुनो फर्नान्डेज हुन्छन् । प्रिमियर लिगमा आइतबार पनि उनै फर्नान्डेजले ब्राइटनसँगको खेलमा युनाइटेडलाई जिताए । त्यो पनि एक गोलले पछि परिसकेको अवस्थामा ।
यस सिजन युनाइटेडले कुनै पनि खेलमा पुनरागम गरेको यो पहिलो पटक होइन । युनाइटेडले यस सिजन कयौँ खेलमा पुनरागमन गर्दै कुल २५ अंक बटुलेको छ । हो, युनाइटेड हाल लिगको दोस्रो स्थानमा छ । तर फर्नान्डेजबिना युनाइटेडको अवस्था फरक हुनेथियो ।
ब्राइटेनले खेलको पहिलो गोल ग¥यो । गोल गनेृ खेलाडी थिए युनाइटेड कै पूर्व स्ट्राइकर ड्यानी वेलब्याक । उनले १३ औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई अघि बढाए । युनाइटेडले पहिलो हाफमा गोल त खायो नै, विपक्षीको पोस्टमा खासै गतिालो आक्रमण गर्न सकेन । पहिलो ४५ मिनेटमा युनाइटेडको नाममा एउटै पनि ‘सट अन टार्गेट रहेन’ । अन्तराष्ट्रिय ब्रेक अगाडि एफए कपबाट बाहिरिएको युनाइटेडका खेलाडी थकित देखिन्थे । एन्थोनी मार्सियल घाइते भएपछि पहिलो एघारमा परेका एडिन्सन काभानी फिक्का देखिए ।
त्यसकारण खेल परिवर्तन गर्ने जिम्मेवारी फर्नान्डेजकै थियो । दोस्रो हाफमा फर्नान्डेजले युनाइटेडको आक्रमणमको संख्या बढाए । ६२ औँ मिनेटमा फर्नान्डेजकै उत्कुष्ट पासमा मार्कस रासर्फोडले गोल फर्काए । फर्नान्डेजको ब्राइटनसँगको खेलमा सहित लिगमा ११ असिस्ट प्रदान गरिसकेका छन् । फेरि एक पटक निर्णायक भूमिका खेलेका फर्नान्डेज बिना युनाइटेड शीर्ष चारमा रहने सम्भावना हुन्थ्यो ? प्रश्न उठ्छ ।
युनाइटेडका लागि अर्को गोल मेसन ग्रिनउडले गरे । १९ वर्षिय विङ्गरका लागि पास उपलब्ध नगराए पनि ग्रिनउडको गोलमा फर्नान्डेजको पनि योगदान थियो ।
खेलपछि ग्रिनउडले आफूहरु खेल दौरान नअत्तालिएको प्रतिक्रिया दिए । ग्रिनउडले देखाएको आत्मविश्वास प्रशिक्षक ओले गनर सोल्स्यारकै देन हो । अनि फर्नान्डेजका उपस्थितीका कारण ग्रिनउड जस्ता खेलाडी आत्मविश्वासी देखिएका हुनसक्छन् ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया