सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

कतारमा आजदेखि ६ वर्ष माथिका सबैले मास्क लगाउनुपर्ने

काठमाडौँ- कतार सरकारले खुला स्थान तथा सार्वजनिक स्थलमा हिंडडुल गर्नेलाई मास्क लगाउन निर्देशन दिएको छ । पछिल्लो समय दिनप्रतिदिन संक्रमणदरको संख्या बढिरहेकाले आजदेखि ( बिहीबार) लागू हुने गरी ६ वर्षमाथिका सबैले मास्क लगाउनुपर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

नेपाली दूतावासले भनेको छ,'  कतार सरकारले जारी गरेको निर्णयहरू कतारमा बसेका सबै नेपालीहरूले पालना गर्नुहुन अनुरोध छ ।'