बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

क्यारेवियन लिगः सन्दीप पुनः जमैकामा अनुबन्धित

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा जमैका तालावाहसबाट खेल्ने भएका छन् । अगस्ट ३१ बाट सुरु हुने लिगका लागि जमैकाले नेपाली लेगस्पिनर लामिछानेलाई अनुबन्धित गरेको हो । 

लामिछाने सन् २०२० मा जमैकाबाट खेल्दै १२ विकेट समेत हात पारेका थिए । उनले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबाट खेलेका थिए ।